साहित्य विभाग

साहित्य विभाग     साहित्य विभागतर्फ पोखरेली युवा सांस्कृतिक परिवारले नेपाली साहित्यको विकासमा सहयोग पुग्ने विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस परिवारले सञ्चालन गर्दै आएका प्रमुख कार्यक्रमहरूलाई निम्नअनुसार प्रस्तुत गर्न सकिन्छ विविध सांस्कृतिक कार्यक्रम (२०३४) सामूहिक साहित्यिक जयन्ती (२०३५देखि निरन्तरता) टिकटमा मुक्तक कार्यक्रम (२०३५ देखि निरन्तरता) खुला आकाश खुला अभिव्यक्ति  (२०३९) (लेखनाथ शतवार्षिकीको उपलक्ष्यमा) साहित्यिक शोभायात्रा एवम् बृहत् कवि गोष्ठी  (२०४०) कवितायात्रा (२०४३) पुरस्कार स्थापना – शिरोमणि पुरस्कार (२०४५) नेत्रस्मृति पुरस्कार (२०४८) ललितकला पुरस्कार (२०४९)  राष्ट्रिय कवि सम्मेलन  (२०४६) नाटक महोत्सव (२०४६) मासिक काव्य सन्ध्या (२०४६) पुस्तक प्रकाशन (२०४७) पुस्तक तथा क्यासेट विमोचन (२०४८) राष्ट्रिय कवि सम्मेलन  (२०४९) सम्मान कार्यक्रम (२०४९) समता काव्य सन्ध्या (२०५०) विभिन्न जयन्तीका अवसरमा सञ्चालित साहित्यिक गतिविधिहरू (२०५३ देखि पटक पटक) क्षेत्रीय नाटक उत्सव (२०५४) ग्रामीण कवितायात्रा (२०५५) पश्चिमाञ्चल क्षेत्रीय कविता प्रतियोगिता (२०५५) पश्चिमाञ्चल क्षेत्रीय कवि गोष्ठी (२०५८) समता रेडियो कार्यक्रम (२०५८) चन्द्रलक्ष्मी सिर्जना ग्राम (२०५८) तालमाथि कविता (२०५९) शान्तिका लागि कविता (२०५९) हिमालमाथि कविता (२०६०) भ्रष्टाचार विरुद्धको साहित्यिक अभियान (२०६१) आख्यान शतवार्षिकी (२०६१) पोखरेली युवा सांस्कृतिक परिवारले विभिन्न समयमा विभिन्न प्रकारका साहित्यिक कार्यक्रम सम्पन्न ग¥यो । परिवारद्वारा सम्पन्न गरिएका कार्यक्रमले स्थापित तथा नवोदित स्रष्टाहरूलाई साहित्यसिर्जनमा लाग्न प्रेरणा मिल्यो । यस्ता कार्यकंमका माध्यमबाट नेपाली साहित्यको विकासमा महत्त्वपूर्ण योगदान पुगेको छ ।