सङ्गीत विभाग पोखरेली युवा सांस्कृतिक परिवारको स्थापना समयदेखि नै पोखराका प्रसिद्ध गायक तथा सङ्गीतकारहरू संलग्न रहँदै आएका छन् । परिवारले सम्पन्न गरेका साङ्गीतिक कार्यक्रमका माध्यमबारे धेरै नवसङ्गीतकारहरू राष्ट्रिय प्रतिभाका रूपमा चिनिएका छन् । सङ्गीत विभागअन्तर्गत परिवारले निम्न लिखित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ – विविध सांस्कृति कार्यक्रम (२०३४) नारायणगोपाल स्मृति गीतिसन्ध्या साङ्गीतिक भेटघाट कार्यक्रम साङ्गीतिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वको सम्मान कार्यक्रम साङ्गीतिक विमोचन कार्यक्रम परिवारका संस्थापक सदस्य गायक स्वर्गीय अरुण थापाको स्मृति कार्यक्रम समता साङ्गीतिक कार्यक्रम नेपथ्य सङ्गीत यात्रा फत्तेमान साँझ कार्यक्रम पोखरेली युवा सांस्कृतिक परिवारको नेतृत्वमा विश्वसङ्गीत दिवसलाई पोखरामा मनाउने चलनको सुरुवात (२०५७) सांस्कृतिक संस्थानसँग मिलेर पश्चिमाञ्चल क्षेत्रीय लोकनृत्य प्रतियोगिता (२०६१)
