हार्दिक निमन्त्रणा टिकटमा मुक्तक कार्यक्रम २०८०

"हामी चाहन्छौं - हाम्रो रचनाको पनि मूल्य होस" भन्ने उदघोषका साथ २०३५ माघ २० मा रु २ को टिकट राखेर नेपाली वाङ्मयमा पहिलो पटक टिकटमा मुक्तक कार्यक्रम सञ्चालन गरेर पोयुसापले एउटा कोशेढुङा कायम गरेको थियो । त्यसपछि पटक पटक टिकटमा मुक्तक कार्यक्रम सञ्चालन भैसकेका छन र पहिलोपटक टिकटमा मुक्तक कार्यक्रम भएको माघ २० को सम्झना र त्यस गौरवमय दिनलाई उत्सवमय बनाउन ४५ बर्ष पछिको माघ २० गतेकै दिनमा यसपटक टिकटमा मुक्तक कार्यक्रम हुदैछ । यहाँहरु सबैलाई हार्दिक निमन्त्रणा ।