पुरस्कार अक्षयकोषका लागि आर्थिक सहयोग सम्बन्धमा । नेपाली गीत–संगीतका धरोहर, नेपाली राष्ट्रगानका संगीतकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति स्व.अम्बर गुरुङको स्मृति एवं सम्मानमा “अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार”को घोषणा गरिएको कुरा जानकारी गराउन पाउँदा हामीलाई हर्ष लागेको छ । यस गरिमामय पुरस्कारका लागि यस परिवारद्घारा एक अक्षयकोषको स्थापना गरिने भएको छ । देश विदेशमा रहेर नेपाली गीत,संगीत,गायन र वाद्यवादनमा योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रत्येक दुई वर्षमा प्रदान गरिने “अमर गुरुङ राष्ट्रिय संगीत पुरस्कार”को अक्षयकोष बृद्घिमा सहयोग उपलब्ध गराइ महत्वपूर्ण योगदान गर्नुहुनका लागि हामी हार्दिक अनुरोध गर्दछौं । साथै, साङ्गीतिक क्षेत्रमा स्थापना गरिने यस पुरस्कारको राशी रु दुई लाख (सम्मानपत्र समेत) हुने जानकारी पनि गर्दछौं । प्रार्थी : सरूभक्त तीर्थ श्रेष्ठ मोती भुजेल संयोजक सहसंयोजक अध्यक्ष
