आलोक गुरुङ

कलाकार आलोक गुरुङ  (२०७८ ) ललितकला  पुरस्कार २०७८ प्रदान गर्नका लागि पोखरेली युवा सांस्कृतिक परिवारद्वारा प्रतिभा छनोट समिति गठन गरियो । सो समितिमा  वरिष्ठ कलाकार दुर्गा बराल,(सस्थपक ललितकल पुरस्कार ) कलाकार बुद्धि गुरुङ , विम्ब कवि रमेश श्रेष्ठ  संस्थाका अध्यक्ष मोती भुजेल र सहसचिव शिव त्रिपाठी रहेका थिए  सो छनोट समितिले वि.सं. २०७८ सालको ललितकला  पुरस्कार कलाकार आलोक गुरुङ लाइ  प्रदान गर्ने निर्णय गर्यो ।  कलाकार आलोक गुरुङले पाच दशकदेखि नेपाली कलाको विभिन्न विधाको उन्नयनमा पुयाएको योगदानको कदर स्वरुप पुरस्कार छनौट समितिले गुरुङ लाइ  सिफारिस गरेको हो । उनले दिएको योगदानको कदर स्वरुप नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा २०७८ असार ४ गते शनिबार नगद, ताम्रपत्र र दोसल्ला सहित पोखरामा ललितकला पुरस्कारद्वारा सम्मान गरियो ।