कृष्णप्रसाद श्रेष्ठ

.कृष्णप्रसाद श्रेष्ठ (२०५४) वि.सं. २०५४ सालको ललितकला पुरस्कार प्रदान गर्नका लागि पोखरेली युवा सांस्कृतिक परिवारद्वारा योग्य प्रतिभा चयन समिति गठन गरियो । तीर्थ श्रेष्ठ अध्यक्ष रहेको सो समितिमा दुर्गा बराल, गोपाल श्रेष्ठ, सप्त श्रेष्ठ र पुष्प आचार्य सदस्य रहेका थिए । सो समितिले वि.सं. २०५४ सालको ललितकला पुरस्कार ज्येष्ठ कलाकार कृष्णप्रसाद श्रेष्ठलाई प्रदान गर्ने निर्णय गर्यो । गण्डकी अञ्चलमा रहेर कला क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै ज्येष्ठ कलाकार कृष्णप्रसाद श्रेष्ठलाई वि.सं. २०५४ साल पुस १८ गते नेत्र स्मृति पुरस्कारद्वारा सम्मानित गरियो ।