गोपाल श्रेष्ठ (२०५६) वि.सं. २०५६ सालको ललितकला पुरस्कार प्रदान गर्नका लागि पोखरेली युवा सांस्कृतिक परिवारद्वारा योग्य प्रतिभा चयन समितिको गठन गरियो । क्षेत्रलाल कायस्थ अध्यक्ष रहेको सो समितिमा दुर्गा बराल, कृष्णप्रसाद श्रेष्ठ, विश्व शाक्य र भोजबहादुर जि.सी. सदस्य रहेका थिए । सो समितिले वि.सं. २०५६ सालको ललितकला पुरस्कार कलाकार गोपाल श्रेष्ठलाई प्रदान गर्ने निर्णय ग¥यो । कला क्षेत्रमा पु¥याउँदै आएको योगदानको कदर गर्दै वि.सं. २०५६ सालको ललितकला पुरस्कारद्वारा गोपाल श्रेष्ठलाई सम्मानित गरियो ।
