बुद्धि गुरुङ (२०६०) वि.सं. २०६० सालको ललितकला पुरस्कार प्रदान गर्नका लागि पोखरेली युवा सांस्कृतिक परिवारद्वारा प्रतिभा चयन समितिको गठन गरियो । भोजबहादुर जि.सी. अध्यक्ष रहेको सो समितिमा दुर्गा बराल, क्षेत्रलाल कायस्थ, राजदूर जोशी र ईश्वरमणि अधिकारी सदस्य रहेका थिए । सो समितिले वि.सं. २०६० सालको ललितकला पुरस्कार बुद्धि गुरुङलाई प्रदान गर्ने निर्णय ग¥यो । गण्डकी अञ्चलको पोखरामा रहेर कलाकारिताका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै वि.सं. २०६० सालको ललितकला पुरस्कारद्वारा बुद्धि गुरुङलाई सम्मानित गरियो ।
