ललितकला पुरस्कार (२०४९) स्थापना र सञ्चालन

ललितकला पुरस्कार (२०४९) ‘मानव सभ्यताको सुुरुवातसँगसँगै मानवीय संवेदनाको माध्यमबाट मानव संस्कृतिको विकास हुँदै आएको छ । आधुनिक विश्वमा साहित्य, कला र सङ्गीत छुट्टाछुट्टै रूपमा मानवीय सभ्यतामा स्थापित भइसकेका छन् । कुनै पनि सभ्यताको सर्वाङ्गीण विकास सांस्कृतिक ,साहित्य, कला र सङ्गीतको संयुक्त प्रयासबाट सम्भव हुन्छ । नेपाली संस्कृतिको हालसम्मको विकासमा साहित्य, कला र सङ्गीतको उत्तिकै योगदान रहेको कुरा सर्वविदितै छ । “साहित्य र सङ्गीतलाई अलि पर राखेर कलालाई नियाल्ने हो भने कलाकारिता मानव जातिभित्र अन्तर्निहित एक महत्त्वपूर्ण पक्ष हो भन्ने तथ्यमा पुग्न सकिन्छ । कलामध्ये पनि ललितकला मानव सभ्यताको सबैभन्दा पुरानो कला हो । हिन्दू धर्म ग्रन्थहरूमा पनि ब्रह्माजीले ललितकलाको माध्यमबाट मानव जातिको सृष्टि गरेको प्रसङ्ग उल्लेख भएको पाइन्छ । नेपालमा पनि पौराणिक कालदेखि नै कलाको विकास हुँदै आइरहेको पाइन्छ । आधुनिक कालमा आइपुग्दासम्म जुन गतिमा विकास हुनु पर्ने हो, त्यो गतिमा भएको पाइँदैन ।” नेपालमा ललितकलाको विकास भएको कुरा मनन गरी ललितकलाका क्षेत्रमा गण्डकी अञ्चलमा सक्रियता बढाउनका लागि नेपालका प्रसिद्ध कलाकार एवम् पोखरेली युवा सांस्कृतिक परिवारका आजीवन सदस्य आपूmले प्राप्त गरेका दुई पुरस्कार पोखरेली युवा सांस्कृतिक परिवारद्वारा प्रदत्त शिरोमणि पुरस्कार तथा युवा कलाकार समूहद्वारा प्रदत्त नारायणबहादुर सिंह स्मृति पुरस्कार क्रमशः रु. १५ हजार र रु. १० हजार गरी जम्मा २५ हजार पोखरेली युवा सांस्कृतिक परिवारलाई प्रदान गरे । सोही रकमका आधारमा निर्माण गरिएको ललितकला पुरस्कार गण्डकी अञ्चलमा रहेर ललितकलाको क्षेत्रमा सक्रिय योगदान पु¥याउने व्यक्तिलाई प्रदान गरिन्छ । उक्त पुरस्कारको राशि रु. ५ हजार र सम्मानपत्र रहेको छ । सो पुरस्कार प्रदान गर्नका लागि परिवारद्वारा योग्य प्रतिभा चयन समिति गठन गरिन्छ । उक्त समितिमा एक अध्यक्ष, एक सचिव र तीन सदस्य रहने व्यवस्था छ । प्रतिभा चयन समितिको अध्यक्ष र सचिव परिवारको कार्यसमितिले यस परिवारसँग आबद्ध रहेका कुनै व्यक्तिलाई मनोनित गर्दछ । एक सदस्य पुरस्कार संस्थापक वा निजको प्रतिनिधि हुने व्यवस्था छ । अरु दुई सदस्य परिवारको कार्यसमितिले कला क्षेत्रमा विशेष ज्ञान राख्ने व्यक्तिमध्येबाट चयन गर्दछ । चयन समितिको गठन भएको तीन महिनापछि पुरस्कार प्रदान गरिने व्यक्तिको नाम घोषणा गरिन्छ । मुलुकको कला तथा संस्कृति क्षेत्रको समग्र विकासका निम्ति गण्डकी अञ्चलबाट सक्दो प्रयास गर्नका साथै यस क्षेत्रका कलाकारहरूलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यले यो पुरस्कारको स्थापना गरिएको हो । ललितकला पुरस्कारद्वारा वि.सं. २०६० सालसम्म सम्मानित हुने स्रष्टाहरू निम्नअनुसार रहेका छन्–