नेत्र स्मृति पुरस्कार (२०४८) स्थापना र सञ्चालन

नेत्र स्मृति पुरस्कार (२०४८) पोखरा र यस वरपरका क्षेत्र सांस्कृतिक दृष्टिकोणले उर्वर मानिन्छन् तर यस क्षेत्रमा कला, साहित्य र सङ्गीतको विकास अपेक्षित रूपमा हुन सकेको छैन । गण्डकी अञ्चलमा साहित्य, कला, संस्कृति र सङ्गीतको विकासका लागि उचित वातावरण तयार गर्ने, यी क्षेत्रको विकासमा योगदान पु¥याउने र प्रतिभाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ नेत्र स्मृति पुरस्कार स्थापना गरियो । सो पुरस्कार लोकबहादुर थापा, दलबहादुर थापा, खिमबहादुर थापा, रामचन्द्र थापा र प्रकाश थापाले आफ्ना पुज्य पिता स्वर्गीय नेत्रबहादुर थापाको पुण्य स्मृतिमा स्थापना गरेका हुन् । सो पुरस्कारका लागि २५ हजारको अक्षयकोश राखिएको छ । प्रत्येक दुई– दुई वर्षमा प्रदान गरिने यस पुरस्कारको राशि रु. ५ हजार र सम्मानपत्र रहेको छ । उक्त पुरस्कार प्रदान गर्नका लागि परिवारद्वारा पुरस्कार योग्य प्रतिभा चयन समिति गठन गरिन्छ । उक्त समितिमा एक संयोजक, एक सचिव, तीन सदस्य रहने व्यवस्था छ । प्रतिभा छनोट समितिको संयोजकमा परिवारको उपाध्यक्ष, सचिवमा संस्थापकहरूको प्रतिनिधि रहने व्यवस्था छ । तीन सदस्यहरू पोखरेली युवा सांस्कृतिक परिवार कार्यसमितिले साहित्य, कला, सङ्गीत र संस्कृतिमा विशेष दख्खल राख्ने व्यक्तिलाई चयन गर्दछ । पुरस्कार प्रदान गर्ने व्यक्तिको नाम घोषणा हुनुभन्दा तीन महिना पहिले प्रतिभा चयन समितिको गठन हुने व्यवस्था छ ।  नेत्रस्मृति पुरस्कारद्वारा हालसम्म (२०६१) निम्न व्यक्तिहरू सम्मानित भएका छन् –