प्रकट पगेनी ‘शिव’

 प्रकट पगेनी ‘शिव’ (२०४९) वि.सं. २०४९ सालको नेत्रस्मृति पुरस्कार प्रदान गर्नका लागि पोखरेली युवा सांस्कृतिक परिवारद्वारा पुरस्कार छनोट समिति गठन गरियो । प्रकाश घिमिरे अध्यक्ष रहेको सो कार्यसमितिले वि.सं. २०४९ सालको नेत्र स्मृति पुरस्कार प्रकट पगेनी ‘शिव’ लाई प्रदान गर्ने निर्णय ग¥यो । गण्डकी अञ्चलमा रहेर साहित्यका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै वि.सं. २०४९ सालको नेत्रस्मृति पुरस्कार पहिलो पटक कवि तथा गीतकार प्रकट पगेनी ‘शिव’ लाई प्रदान गरियो ।