हरिदेवी कोइराला (२०५३) वि.सं. २०५३ सालको नेत्र स्मृति पुरस्कार प्रदान गर्नका लागि पोखरेली युवा सांस्कृतिक परिवारद्वारा प्रतिभा छनोट समिति गठन गरियो । बुद्धि गुरुङ अध्यक्ष रहेको सो समितिमा दुर्गा बराल, विकासमान प्रधानाङ्ग, सरुभक्त र लोकबहादुर थापा,टोपबहादुर थापा सदस्य रहेका थिए । सो छनोट समितिले वि.सं. २०५३ सालको नेत्रस्मृति पुरस्कार लोकगायिका हरिदेवी कोइरालालाई प्रदान गर्ने निर्णय ग¥यो । वि.सं. २०४३ सालदेखि गण्डकी अञ्चलको लोकसंस्कृति, लोकगीत र साहित्यका क्षेत्रमा हरिदेवी कोइरालाले पु¥याएको योगदानको कदर गर्दै वि.सं. २०५३ साल साउन २० गते नेत्र स्मृति पुरस्कारद्वारा सम्मान गरियो ।
