सोम बज्राचार्य (२०५५) वि.सं. २०५५ सालको नेत्र स्मृति पुरस्कार प्रदान गर्नका लागि पोखरेली युवा सांस्कृतिक परिवारद्वारा प्रतिभा छनोट समिति गठन गरियो । पुरुषोत्तम पन्तको अध्यक्षतामा गठित सो समितिले वि.सं. २०५५ सालको नेत्र स्मृति पुरस्कार सोम बज्राचार्यलाई प्रदान गर्ने निर्णय ग¥यो । गण्डकी अञ्चलको पोखरामा रही साहित्य, कला र सङ्गीतका क्षेत्रमा सोम बज्राचार्यले पु¥याएको योगदानको कदर गर्दै वि.सं. २०५५ साल भदौ १ गते नेत्र स्मृति पुरस्कार प्रदान गरियो ।
