रमेश श्रेष्ठ (२०५७) वि.सं. २०५७ सालको नेत्र स्मृति पुरस्कार प्रदान गर्नका लागि पोखरेली युवा सांस्कृतिक परिवारद्वारा प्रतिभा छनोट समिति गठन गरियो । सोम बज्राचार्य अध्यक्ष रहेको सो समितिमा तीर्थ श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ र गोपाल श्रेष्ठ सदस्य रहेका थिए । सो समितिले वि.सं. २०५७ सालको नेत्र स्मृति पुरस्कार युवा साहित्यकार रमेश श्रेष्ठलाई प्रदान गर्ने निर्णय ग¥यो । चालीसको दशकदेखि नेपाली कविता विधामा देखापरेको समकालीन धाराअन्तर्गत रहेर कलम चलाएका रमेश श्रेष्ठको योगदानको कदर गर्दै वि.सं. २०५७ साल साउन २२ गते नेत्र स्मृति पुरस्कारद्वारा सम्मान गरियो । सो सम्मान कार्यक्रम नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. तुलसीप्रसाद भट्टराई प्रमुख आतिथ्य तथा नेपाल साहित्यकार सङ्घका अध्यक्ष विनय रावलको आतिथ्यमा सम्पन्न भएको थियो ।
