रूपेनबाबु थापा (२०५९) वि.सं. २०५९ सालको नेत्र स्मृति पुरस्कार प्रदान गर्नका लागि पोखरेली युवा सांस्कृतिक परिवारद्वारा प्रतिभा छनोट समिति गठन गरियो । किरण रञ्जित अध्यक्ष रहेको सो समितिमा रमेश श्रेष्ठ, गोपाल श्रेष्ठ, टोपबहादुर थापा र दुर्गा बराल सदस्य रहेका थिए । सो समितिले वि.सं. २०५९ सालको नेत्र स्मृति पुरस्कार रूपेनबाबु थापालाई प्रदान गर्ने निर्णय ग¥यो । गण्डकी अञ्चलमा रहेर तीसको दशकमा सांस्कृतिक उत्थान र विकासमा पु¥याएको योगदानको कदर गर्दै रूपेनबाबाबु थापालाई वि.सं. २०५९ साल असार २६ गते नेत्र स्मृति पुरस्कारद्वारा सम्मान गरियो ।
