प्रकाश घिमिरे (२०६१) वि.सं. २०६१ सालको नेत्र स्मृति पुरस्कार प्रदान गर्नका लागि पोखरेली युवा सांस्कृतिक परिवारद्वारा प्रतिभा छनोट समिति गठन गरियो । श्यामलाल श्रेष्ठ अध्यक्ष रहेको सो समितिले रङ्गकर्मी प्रकाश घिमिरेलाई वि.सं. २०६१ सालको नेत्र स्मृति पुरस्कार प्रदान गर्ने निर्णय ग¥यो । गण्डकी अञ्चलमा रहेर रङ्गकर्मको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै प्रकाश घिमिरेलाई वि.सं. २०६१ साल भदौ ५ गते नेत्र स्मृति पुरस्कार सम्मान गरियो ।
