विम्ब कवि रमेश श्रेष्ठ

विम्ब कवि रमेश श्रेष्ठ  (२०७८ ) शिरोमणि  पुरस्कार २०७८ प्रदान गर्नका लागि पोखरेली युवा सांस्कृतिक परिवारद्वारा प्रतिभा छनोट समिति गठन गरियो । सो समितिमा  वरिष्ठ कलाकार दुर्गा बराल, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, संगीतकार कृष्णबहादुर श्रेष्ठ, संस्थाका अध्यक्ष मोती भुजेल र सहसचिव शिव त्रिपाठी रहेका थिए  सो छनोट समितिले वि.सं. २०७८ सालको शिरोमणि पुरस्कार विम्ब कवि एबम कलाकार रमेश श्रेष्ठलाई प्रदान गर्ने निर्णय गर्यो । विम्बकवि तथा कलाकार रमेश श्रेष्ठले विगत चार दशकदेखि कविता र चित्रकला क्षेत्रमा महत्वपूर्ण योगदान दिई नेपाली कविता र कलालाई अन्तर्राष्ट्रिय जगतसम्म पुयाएकाले पुरस्कार छनौट समितिले श्रेष्ठलाई सिफारिस गरेको हो । उनले दिएको योगदानको कदर स्वरुप नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा २०७८ असार ४ गते शनिबार नगद, ताम्रपत्र र दोसल्ला सहित पोखरामा सोम बज्राचार्य स्मृति सङ्गीत पुरस्कारद्वारा सम्मान गरियो ।