मुक्तिनाथ शर्मा

 मुक्तिनाथ शर्मा (वि.सं. २०४६) वि.सं. २०४६सालको शिरोमणि पुरस्कार प्रदान गर्नका लागि पोखरेली युवा सांस्कृतिक परिवारद्वारा पुरस्कार छनोट समिति गठन गरियो । सरुभक्त अध्यक्ष रहेको सो समितिमा दुर्गा बराल, हुमकान्त पाण्डे, रामशरण दर्नाल, प्रकाश घिमिरे सदस्य रहेका थिए । उक्त समितिले वि.सं. २०४६ सालको शिरोमणि पुरस्कार मुक्तिनाथ शर्मालाई प्रदान गर्ने निर्णय ग¥यो । गण्डकी अञ्चलमा रहेर साहित्य र संस्कृतिका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै वि.सं. २०४६ सालको शिरोमणि पुरस्कार पहिलो पटक मुक्तिनाथ शर्मालाई वि.सं. २०४७ साल वैशाख २२ गते प्रदान गरियो ।