अलिमियाँ (२०५०) वि.सं. २०५० सालको शिरोमणि पुरस्कार प्रदान गर्नका लागि पोखरेली युवा सांस्कृतिक परिवारद्वारा पुरस्कार छनोट समिति गठन गरियो । प्रकाश घिमिरे अध्यक्ष रहेको सो समितिमा तीर्थ श्रेष्ठ, दुर्गा बराल, मोतीलाल पराजुली र भानुभक्त आचार्य सदस्य रहेका थिए । उक्त समितिले वि.सं. २०५० सालको शिरोमणि पुरस्कार अलिमियाँलाई प्रदान गर्ने निर्णय ग¥यो । गण्डकी अञ्चलमा रहेर वि.सं. २००१ सालदेखि लोकगीत, गायन, लेखन र प्रकाशनमा पु¥याएको योगदानको कदर गर्दै वि.सं. २०५०सालको शिरोमणि पुरस्कार अलिमियाँलाई वि.सं. २०५०साल चैत ३१ गते प्रदान गरियो ।
