दुर्गा बराल (२०४८) वि.सं. २०४८ सालको शिरोमणि पुरस्कार प्रदान गर्नका लागि पोखरेली युवा सांस्कृतिक परिवारद्वारा पुरस्कार छनोट समिति गठन गरियो । टोपबहादुर थापा अध्यक्ष रहेको सो समितिमा कृष्णप्रसाद श्रेष्ठ, राघवलाल वैद्य, तेजनाथ घिमिरे, प्रकाश घिमिरे, रमेश अधिकारी सदस्य रहेका थिए । उक्त समितिले वि.सं. २०४८ सालको शिरोमणि पुरस्कार दुर्गा बराललाई प्रदान गर्ने निर्णय ग¥यो । गण्डकी अञ्चलमा रहेर कला क्षेत्रको विकासमा योगदान पु¥याउँदै आएका दुर्गा बरालको योगदानको कदर गर्दै उक्त पुरस्कार दिने निर्णय गरियो । सो पुरस्कार दुर्गा बराललाई वि.सं. २०४८ साल चैत्र २७ गते प्रदान गरियो ।
