सर्वज्ञमान प्रधानाङ्ग

.सर्वज्ञमान प्रधानाङ्ग (२०५२) वि.सं. २०५२ सालको शिरोमणि पुरस्कार प्रदान गर्नका लागि पोखरेली युवा सांस्कृतिक परिवारद्वारा पुरस्कार छनोट समिति गठन गरियो । बद्रीवनोद प्रतीक अध्यक्ष रहेको सो समितिमा विनोदराज सुवेदी, दुर्गाबराल, राघवलाल वैद्य र तीर्थ श्रेष्ठ सदस्य रहेका थिए । उक्त समितिले सो पुरस्कार सर्वज्ञमान प्रधानाङ्गलाई प्रदान गर्ने निर्णय ग¥यो । गण्डकी अञ्चलमा रहेर नेवारी संस्कृतिको संरक्षण, सम्बद्र्धन एवम् विकासमा र शास्त्रीय सङ्गीतको उत्थानका लागि उनले पु¥याएको योगदानको कदर गर्दै वि.सं. २०५२साल चैत २३ गते शिरोमणि पुरस्कार प्रदान गरियो ।