देवीप्रसाद वनवासी

 देवीप्रसाद वनबासी (२०५६) वि.सं. २०५६ सालको शिरोमणि पुरस्कार प्रदान गर्नका लागि पोखरेली युवा सांस्कृतिक परिवारद्वारा प्रतिभा छनोट समिति गठन गरियो । कृष्णमोहन श्रेष्ठ अध्यक्ष रहेको सो समितिमा दुर्गा बराल, सरुभक्त र भोजबहादुर जि.सी. सदस्य रहेका थिए । उक्त समितिले सो पुरस्कार देवीप्रसाद वनबासीलाई प्रदान गर्ने निर्णय ग¥यो । गण्डकी अञ्चलको स्याङ्जा जिल्लामा रही कविता, निबन्ध, व्यङ्ग्यसाहित्य, बालसाहित्य, लोकसाहित्य र अनुसन्धानात्मक कार्यमा पु¥याएको योगदानको कदर गर्दै देवीप्रसाद वनबासीलाई २०५६ सालको उक्त पुरस्कार प्रदान गरियो ।