गोविन्दबहादुर कुँवर (२०६०) वि.सं. २०६० सालको शिरोमणि पुरस्कार प्रदान गर्नका लागि पोखरेली युवा सांस्कृतिक परिवारद्वारा प्रतिभा छनोट समितिको गठन गरियो । ईश्वरमणि अधिकारी अध्यक्ष रहेको सो समितिमा सरुभक्त, दुर्गा बराल, कृष्णबहादुर श्रेष्ठ र धु्रव श्रेष्ठ सदस्य रहेका थिए । सो समितिले वि.सं. २०६० सालको शिरोमणि पुरस्कार गोविन्दबहादुर कुँवरलाई प्रदान गर्ने निर्णय ग¥यो । लमजुङ जिल्लाको भोटेओढारमा जन्मिएर कविता, गीत, गजल, हास्यव्यङ्ग्य एवम् बालसाहित्यका क्षेत्रमा गोविन्द कुँवरले महत्त्वपूर्ण योगदान पु¥याएका छन् । लमजुङ जिल्लाको साहित्यिक क्रियाकलापमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गोविन्दबहादुर कुँवरको योगदानको कदर गर्दै शिरोमणि पुरस्कार प्रदान गरियो ।
