मुकुन्दशरण उपाध्याय

 मुकुन्दशरण उपाध्याय (२०५८) वि.सं. २०५८ सालको शिरोमणि पुरस्कार प्रदान गर्नका लागि पोखरेली युवा सांस्कृतिक परिवारद्वारा प्रतिभा छनोट समितिको गठन गरियो । सोम बज्राचार्य अध्यक्ष रहेको सो समितिमा सरुभक्त, दुर्गा बराल, कृष्णबहादुर श्रेष्ठ, ईश्वरमणि अधिकारी सदस्य रहेका थिए । उक्त समितिले वि.सं. २०५८ सालको सो पुरस्कार मुकुन्दशरण उपाध्यायलाई प्रदान गर्ने निर्णय ग¥यो । गण्डकी अञ्चलमा रहेर नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण एवम् सम्बद्र्धनमा मुकुन्दशरण उपाध्यायले पु¥याएको योगदानको कदर गर्दै वि.सं. २०५८ साल साउन २४ गते शिरोमणि पुरस्कार प्रदान गरियो ।