पुरस्कार स्थापना (२०४५) पोखरामा साहित्य, कला, सङ्गीत र संस्कृतिका क्षेत्रमा आबद्ध रहेर महत्त्वपूर्ण योगदान पु¥याउने धेरै साहित्यकारहरू, सङ्गीतकारहरू, कलाकारहरू जन्मेका छन् । उनीहरूको यथोचित सम्मान गर्ने, नवोदित प्रतिभाहरूलाई उचित प्रेरणा र प्रोत्साहन प्रदान गर्ने, पुरस्कारहरू कुनै पनि क्षेत्रबाट स्थापना र सञ्चालन गरिएका थिएनन् । यस अभावलाई दृष्टिगत गरी पोखरेली युवा सांस्कृतिक परिवारद्वारा शिरोमणि पुरस्कार (२०४५) स्थापना र सञ्चालन पुरस्कारहरूको स्थापना र सञ्चालन गरिएको छ । गण्डकी अञ्चलको साहित्यिक विकासमा सहयोग पुग्नुका साथै स्रष्टाहरूलाई सिर्जन कार्यमा लाग्न प्रेरणा मिलोस् भन्ने ध्येयका साथ पोखरेली युवा सांस्कृतिक परिवारले शिरोमणि पुरस्कारको स्थापना ग¥यो । उतm पुरस्कार स्थापनाका लागि पोखरेली युवा सांस्कृतिक परिवारको संयोजन र सक्रियतामा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा पोखरामा वि.सं. २०४५ साल पौष ५ गते देखि १० गतेसम्म ‘मालती मङ्गले’ नाटक प्रदर्शन गरिएको थियो । रु. १५ देखि ५०सम्म टिकट दर राखिएको उक्त नाटक प्रदर्शनबाट २ लाख ९१ हजार ४ सय २५ आम्दानी भएको थियो जसमध्ये १ लाख ५६ हजार २४ खर्च कटाई १ लाख ३५ हजार ४ सय १ वचत भएको थियो । सोही रकममध्येबाट १ लाख २५ हजारको अक्षयकोश राखी शिरोमणि पुरस्कार स्थापना गर्ने निर्णय परिवारले २०४५ साल चैत १९ गते ग¥यो । उतm अक्षयकोशबाट साहित्य, कला र सङ्गीतका क्षेत्रमा गण्डकी अञ्चलमा रहेर योगदान पु¥याउने स्रष्टालाई दुई–दुई वर्षमा पुरस्कार प्रदान गरिन्छ । यो पुरस्कारको राशि रु. १५,००० र सम्मानपत्र रहेको छ । यो पुरस्कार प्रदान गर्नका लागि परिवारद्वारा प्रतिभा चयन समिति गठन गरिन्छ । सोही समितिले चयन गरेको व्यक्तिलाई नै उक्त वर्षको शिरोमणि पुरस्कार प्रदान गर्ने व्यवस्था रहेको छ ।
