श्यामलाल श्रेष्ठ

श्यामलाल श्रेष्ठ (२०७८ ) सोम बज्राचार्य स्मृति संगीत पुरस्कार २०७८ प्रदान गर्नका लागि पोखरेली युवा सांस्कृतिक परिवारद्वारा प्रतिभा छनोट समिति गठन गरियो । सो समितिमा संयोजक आनन्द श्रेष्ठ र सदस्यहरुमा मोति भुजेल, सुनिल थापा, नितिन बज्राचार्य र शिव त्रिपाठी रहेका थिए । सो छनोट समितिले वि.सं. २०७८ सालको सोम बज्राचार्य स्मृति संगीत पुरस्कार संगीतकार वरिष्ठ तवला बादक श्यामलाल श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरियो । वि.सं. २०४० सालदेखि नेपाली गीत संगीतको क्षेत्रमा उनले दिएको योगदानको कदर स्वरुप नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा २०७८ असार ४ गते शनिबार नगद, ताम्रपत्र र दोसल्ला सहित पोखरामा सोम बज्राचार्य स्मृति सङ्गीत  पुरस्कारद्वारा सम्मान गरियो ।