अनुभव र अनुभूतिमा कवि स्नेह साय्मी ः कविताले व्यवस्थापन सिकाउँछ

अनुभव र अनुभूतिमा कवि स्नेह साय्मी ः कविताले व्यवस्थापन सिकाउँछ पोखरा, २ असार ।  पोखरेली युवा साँस्कृतिक परिवारले स्रष्टाका अनुभव र अनुभूति अन्तर्गतको नयाँ शृङ्खलामा मंगलबार कवि तथा साहित्यकार स्नेह साय्मीलाई प्रस्तुत ग¥यो ।  कवि साय्मीले आफू काठमाडौंको मध्यम वर्गीय परिवारमा जन्मेर पारिवारिक पेशा तेल पेल्ने काम गर्दै उच्च शिक्षा आर्जन गरेर उद्यमशिलता अप्नाएको अनुभव सुनाए । जीवनमा धेरै दुःख गरेर सफलतातिर लम्किएको हुँदा आफू ठूलो मान्छे भन्दा पनि असल मान्छे हुने प्रयास गरेको बताए ।  सायमीले “सरकारी जागिर खाएँ तर राम्रो आम्दानी हुने निकायमा आफूले अवसर पाए पनि घुस नखाएको बताए ।” व्यवस्थापनका विद्यार्थी साय्मीले कविताले व्यवस्थापन सिकाउँछ भन्ने विचार राख्दै आधा दर्जन आफ्ना आक्रोशयुक्त कविता सुनाएका थिए ।  नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले साय्मी हेर्दा सालिन देखिए पनि आफ्नो काममा कडा शैलीमा प्रस्तुत हुने व्यक्ति भएको बताए । तीस वर्ष पहिलेदेखि नै साय्मीलाई बुझेका मुल्मीले उनको बहुआयमिक पक्षको तारिफ गरेका थिए ।  साहित्य विभागका संयोजक प्रकाश ज्ञवालीले साय्मीको परिचय प्रस्तुत गर्दै उनको कवितात्मक रुचि र भावना नेपत्थ्यमा रहेको साथै व्यवस्थापन, उद्यमशिलता र तालिम बाहिरी पाटो बनेको बताए ।  यस अघि रागिनी उपाध्याय, खगेन्द्र संग्रौला, नारायण ढकाल, राजेन्द्र भण्डारी, सम्राट उपाध्याय लगायतका स्रष्टाहरुले अनुभुव र अनुभूतिमा आफ्नो ह्रदय राखिसकेका छन् ।  लगायतका परिवारका अध्यक्ष सुरेश रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव अर्जुन अधिकारीले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष दीपक समिपले राखेका थिए ।