सामूहिक साहित्यिक जयन्ती

पोयुसाँपले मनायो सामूहिक साहित्यिक जयन्ती  पोखरा, २ फाल्गुण ।  पोखरेली युवा साँस्कृतिक परिवारले वाङ्मयिक क्षेत्रका दिवङ्गत स्रष्टाहरुको संझना गर्दै श्रीपञ्चमीका दिन सामूहिक साहित्यिक जयन्ती मनायो । साथै हरेक महिनाको पहिलो शनिबार सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको २७२ औं शृङ्खला शनिबार पोखरामा सम्पन्न भयो ।  प्राज्ञ तीर्थ श्रेष्ठेले सामूहिक साहित्यिक जयन्तीको उद्धेश्यमाथि प्रकाश पार्दै संस्थाले २०३५ सालदेखि दिवङ्गत स्रष्टाहरुको संझनामा श्रीपञ्चमीका दिन समष्ठिमा जयन्ती मनाउँदै आएको बताए । कलाकारहरुलाई बैशाखमा र संगीतकारहरुलाई महाशिवरात्रीमा स्मरण गरिदै आएको जानकारी दिए ।   कविबर तेजनाथ घिमिरेले श्रीपञ्चमीका दिन सरस्वतीको आराधाना गरिने हुँदा सिर्जनामा लाग्ने साहित्यकारहरुलाइै सामूहिक रुपमा स्मरण गर्नु सान्दर्भिक भएको बताए । उनले ऋतु परिवर्तनसँगै  वनस्पतिले पालुवा फेर्ने, पंक्षी जगतले गुँड लगाउने, कामदेव र रतिदेवीको पूजा गरिने वास्तविकताको उजागार गरे ।   दिवङ्गत स्रष्टाहरुलाई आफ्ना रचनाले संझदै, कविवर तेजनाथ घिमिरे, प्राज्ञ तीर्थ श्रेष्ठ, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य प्रकाश घिमिरे, दुर्गा बहादुर शाह बाबा, डा. चैतन्य अधिकारी, रुपिन्द्र प्रभावी कटु, डा. बसन्त गौतम, ई. कौशलचन्द्र जि.सी., सर्वज्ञ श्रेष्ठ, षडङ्गराज घिमिरे, रामलाल बाटाजू, छन्दिका घिमिरे, कोशिस ओझा, भरत कोइराला, केशु शर्मा, छविलाल आचार्य, कल्पना चिलवाल, उदय बहादुर अमात्य, सरिता तिमिल्सिना पगेनी, जनक दुलाल, आर्या त्रिपाठी, सञ्जीव गौतम, रामकुमार श्रेष्ठ, सुदर्शन पौडेल, साधुराम लामिछाने, अम्बिका भण्डारी, विशाल थापा, अस्मिता सुनार, क्रिष्टिना गुरुङ, गोविन्द पराजुली, समीर हुमागाईं, विष्णुप्रसाद पराजुली, रोशन तल्कोटे, अर्घेलो थापा लगायतका कविहरुले आफ्ना सिर्जनाहरु वाचन गरेका थिए ।  परिवारका सदस्य अमृत सुवेदी गुराँसले विशेष रचना अन्तर्गत कवि चन्द्र घिमिरेको “काठको वाकस” कवितालाई वाचन गरेका थिए । संस्थाका अध्यक्ष सुरेश रानाभाटको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष दीपक समीपले स्वागत मन्तव्य र सञ्चालन सहसचिव सुरज उपाध्याले गरेका थिए ।