समता काव्य सन्ध्यामा भानुको सम्झना पोखरा, ७ श्रावण २०७९ । पोखरेली युवा साँस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३४९ औं शृङ्खला सम्पन्न भयो । काव्य सन्ध्यालाई २०९ औं भानु जयन्ती विशेष श्रङ्खलाको रुपमा सम्पन्न गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठ रहेका थिए । समता काव्य सन्ध्यालाइ अझ परिष्कृत गरेर सञ्चालन गर्नु पर्ने श्रेष्ठले बताए । उनले पचासको दशकमा समता काव्य सन्ध्यामा कविता वाचन गर्ने कविहरुले पनि समतालाइ माया र सम्मान गर्न पछि हट्न नहुने र संस्थाले पनि पहिचान गरेर समतालाई माया गर्ने कविहरुलाइ समतामा निम्तो दिन छुटाउन नहुने बताए । कार्यक्रमका अर्का अतिथि कवि डा ईश्वरमणि अधिकारीले आंफू पहिला पनि र अहिले पनि समताको विद्यार्थीको रुपमा उपस्थिति हुन पाउंदा खुशी व्यक्त गरे । काव्य सन्ध्याको ३४९ औँ शृङ्खलामा कविहरू डा ईश्वरमणि अधिकारी,लक्ष्मण थापा, दीपक समीप, गीता तिवारी, लक्ष्मी थापा, माधव खतिवडा, प्रदिप खनाल, लोचन अधिकारी, इन्द्र राना प्रतीक, गायत्री पराजुली, ध्रुव बराल, विश्वास सुवेदी, लिली अधिकारी र शिव त्रिपाठीले आआफ्ना सिर्जनाहरु वाचन गरेका थिए । परिवारका उपाध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सदस्य लिली अधिकारीले स्वागत गरिन् भने कार्यक्रम सञ्चालन संस्थाका सहसचिव शिव त्रिपाठीले गरेका थिए ।
