पोखरेली युवा साँस्कृतिक परिवारको अध्यक्षमा उपेन्द्र पौडेल निर्वाचित भएका छन् । शनिबार आयोजित परिवारको ४१ औं अधिवेशनले पौडेलको नेतृत्वमा आगामी २ वर्षका लागि १३ सदस्यीय कार्य समिति चयन गरेको छ । परिवारको उपाध्यक्षमा रिता अधिकारी ऋतु, सचिव डा. चैतन्य अधिकारी, कोषाध्यक्ष अर्जुन अधिकारी, सहसचिव शिव त्रिपाठी, विभागीय संयोजक अन्तर्गत डा. शरण आँसु सहित्य, एमडी काफ्ले सङ्गीत, उमेद पौडेल कलाका लागि चयन भएका छन् । सदस्यहरूमा शिव सङ्कल्प, हसिना बस्नेत, दीपेन्द्र थापा, प्रकाश आचार्य, मिलन गिरी निर्वाचित भएका छन् । नवनिर्वाचित कार्य समितिलाई निर्वाचन समितिका संयोजक कलाकार प्रकाश घिमिरेले पद तथा गोपनियताको सफथ खुवाएका थिए । निवर्तमान अध्यक्ष मोती भुजुलले नवनिर्वाचित अध्यक्ष उपेन्द्र पौडेललाई संस्थाको निर्णय पुस्तिका हस्तान्तरण गरेका थिए । Copy paste link to open 2079 report: http://poyousap.org/static/Poyuba_Report_2079.pdf
