दोस्रो जन्म यदि हुन्छ भने पोखरामै होस् -हरिदेवी कोइराला

समाचार दोस्रो जन्म यदि हुन्छ भने पोखरामै होस् पोखरा, ६ साउन ।  पोखरेली युवा साँस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३५९ औं शृङ्खला सम्पन्न भयो । साउन महिनाको पहिलो शनिबार पोखरेली युवा साँस्कृतिक परिवारले समता काव्य सन्ध्याको आफ्नो नियमित शृङ्खलालाई छन्द बिशेष शृङ्खलाका रुपमा सम्पन्न गरेको छ । कार्यक्रमका अतिथि प्राज्ञ हरिदेवी कोइरालाले आफ्ना सृजना सुनाउन पोखरेली युवा साँस्कृतिक परिवारको मञ्च भरमगदुर प्रयोग गरेको बताइन् । माइतीघर पनि पोखरा कर्मघर पनि पोखरा भएकी कोइरालाले दोस्रो जन्म यदि हुन्छ भने पोखरा मै होस् भन्दै महानता व्यक्त गरिन् । कार्यक्रमका अर्का अतिथि कवि एवम् साहित्यकार सरस्वतीश्रेष्ठ सरूले पोयुसापले अब आउने कुनै शृङ्खलामा बाल कविता शृङ्खला गर्न सुझाव दिइन । काव्य सन्ध्याको ३५९ औँ छन्द बिशेष शृङ्खलामा कविहरु छविलाल आचार्य, बसन्त चालिसे, रमा खतिवडा, शिव संकल्प, शुभ शर्मा, जिज्ञासु सापकोटा, तारानाथ पराजुली, संयोग वस्याल, निकेश गिरी, अव्यग्र अस्मित, केशव ज्ञवाली, सागर के.सी.रहेका थिए । साहित्य संयोजक शरण आँशुले स्वागत गरेका थिए । परिवारका उपाध्यक्ष रीता अधिकारको अध्यक्षतामा  सम्पन्न उक्त कार्यक्रमको सन्चालन सहसचिव शिव त्रिपाठीले गरेका थिए ।