चित्रलेखाको चौरासी

भारतको सिक्किमका प्रज्वल पराजुली अङ्ग्रेजी भाषाका पाठकहरूमाझ सुपरिचित नाम हो । अक्सफोर्ड विश्वविद्यालय पढेका पराजुली ‘द गुर्खाज डटर’ कथा सङ्ग्रह र ‘ल्यान्ड ह्वेर आई फ्ली’ (उपन्यास) बाट चिनिन्छन् । नेपाली पहिचान बोकेका पात्र र प्रवृत्तिको मिहिन चित्रण भेटिने उनका कृतिहरुमध्ये फ्रान्सेली भाषामा समेत अनूदित ‘ल्यान्ड ह्वेर आई फ्ली’ नेपाली पाठकहरूमाझ चित्रलेखाको चौरासीका रुपमा बजारमा आइसकेको छ