कार्टुनिस्टका बादशाह परिचय बनाएका कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’को पुस्तक ‘वात्स्यायन एन्ड हिज बाब्र्स’ विमोचन भएको छ । पोखरा महानगर प्रमुख धनराज आचार्यले उक्त कार्टुन संग्रह विमोचन गरेका हुन् । पुस्तक विमोचन गर्दै उनले वात्स्यायन पोखराका अग्ला शीखर भएको बताए । उनले आफू यसअघि विभिन्न संघसंस्थाको नेतृत्वमा हुँदा वात्स्यायनलाई विभिन्न भूमिकामा रथारोहण गराउने मौका पाएको बताए ।
