पोखरा । ‘साहित्य,कला र संगीतको उत्थान,हाम्रो प्रण:’ मुल नारा साथ तिनवटै बिधामा कृयाशिल पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा प्रत्येक दुई महिनाको दोश्रो शनिबार गरिने समता सांगीतिक कार्यक्रमको ९९औँ शृङ्खला सम्पन्न भएको छ। संगीत प्रशिक्षण केन्द्र, बिन्ध्यबासिनीको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न संगीतालयका प्रशिक्षार्थि एवं गायक/गायिकाले गीत/संगीत प्रस्तुत गरे । कर्णप्रिय संगीतालयका स्मृती गुरुङ,कोमन गुरुङ र रितु थापा क्षेत्री,संगीत प्रशिक्षण केन्द्रका दिपिका थापा,आर्जव पौडेल र मनरुपा थापा, जोजिजु म्युजिक सेन्टरका विभिषण ओलि साथै त्रिवेणी संगीतालयका प्रशिक्षक सुनिल बराल,गायक जय चापागाइ,सबिन नेपाली,याम बहादुर नेपाली,गायिका टिना गुरुङ,सानू जोजिजु लगायतको बिशेष प्रस्तुतिमा गीत/संगीत प्रस्तुत गरिएको थियो भने परिवारका संगीत संयोजक एम. डि काफ्लेले हालै दिवंगत गायक भजन शिरोमणी भक्तराज आचार्य प्रती श्रद्धाञ्जली स्वरुप वहाँकै भजन “कति लिन्छौ परिक्षा” समर्पण गरे। प्रमुख आमन्त्रित गायक एवं संस्थाका पुर्व संगीत संयोजक बिनित जोजिजुले “ज्येष्ठ संस्था पो.यु.सा.प.को समन्वयमा संचालित समता सांगीतिक कार्यक्रमकै संगतको उपज आफू संगीत क्षेत्रमा स्थापित हुनसकेको सम्झिदै थप गतिबिधी निरन्तरताको अपेक्षा रहेको र सहयोग समन्वयमा तयार रहेको”बताउदै भजन गायन प्रस्तुत गरे। कार्यक्रममा बाद्यबाधनतर्फ हार्मोनियममा आर्जव पौडेल,करण तामाङ,पप्पु थापा तबलामा मिलन गिरि,मादलमा याम नेपाली,काजोनमा जय चापागाईं र गितारमा रबिन खड्काको साथ रहेको थियो। आयोजक संस्थाका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कार्यकारिणी समिती सदस्य शिव संकल्पले शब्दद्वारा स्वागत तथा संस्थाका सहसचिव शिव त्रिपाठीको कार्यक्रम सञ्चालन गरेका थिए। अध्यक्ष पौडेलले अभ्यास र साधनासंगै सिकेको कुरालाइ मन्चमा प्रस्तुत गर्न पनि उत्तिकै महत्वपूर्ण हुने र सो मन्चकै रुपमा समता सांगीतिक कार्यक्रम रहेको बताउदै समता सांगीतिकको सयौं शृंखला बिशेष रहने भएकोले संस्थाले तयारी शुरु गरिसकेको समेत जानकारी दिए ।
