पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्षमा मोती भुजेल

पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्षमा मोती भुजेल निर्विरोध निर्वाचित हुनुभएको छ । संस्थाको आज सम्पन्न ४० औँ साधारणसभाले भुजेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । परिवारको उपाध्यक्षमा उपेन्द्र पौडेल,सचिव डा.चैतन्य अधिकारी,कोषाध्यक्ष अर्जुन अधिकारी र सहसचिव शिव त्रिपाठी हुनुहुन्छ । यसैगरी सदस्यहरुमा प्रकाश पोखरेली,सुदर्शन पौडेल , दीपेन्द्र थापा अरुण, लिलि अधिकारी र तिर्थ गुरुङ हुनुहुन्छ ।साहित्य संयोजकमा रिता अधिकारी,संगीत संयोजकमा एम डि काफ्ले र कला संयोजकमा हेमकान्ती गुरुङ चयन हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष भुजेलले संस्थाको गरीमालाई जोगाउन आफ्नो कार्यकालमा सबैको साथ र सहयोगले पुराना कार्यक्रमलाई निरन्तरता सँगै केही नयाँ योजना ल्याउने प्रतिबद्घता व्यक्त गर्नुभयो ।