पोखरेली युवा सांस्कृतिक परिवारको नेतृत्व दीपक समीपलाई

पोखरेली युवा सांस्कृतिक परिवारको शुक्रबार सम्पन्न ३८ औँ अधिवेशनले साहित्यकार दीपक समीपलाई नेतृत्व गर्ने अवसर प्रदान गरेको छ । समीप गजल प्रतिभा पुरस्कार, राष्ट्रिय लघुकथा पुरस्कार, मुक्तक मेला सम्मान लगायतका पुरस्कार र सम्मानबाट समेत सम्मानित हुनुभएको छ । अधिवेशनबाट उपाध्यक्षमा प्रकाश ज्ञवाली, सचिवमा अर्जुन अधिकारी, कोषाध्यक्षमा मोती भुजेल र सहसचिवमा सन्तोष बस्याल रहेका छन् । यस्तै, साहित्य संयोजकमा अमृत सुवेदी ‘गुराँस’, सङ्गीत संयोजकमा श्रीमान् थुलुङ र कलासंयोजकमा रहेका छन् । सदस्यहरुमा रामकुमार श्रेष्ठ ‘फुच्चे’, उपेन्द्र पौडेल, चैतन्य अधिकारी, रीता अधिकारी र भुवन क्षेत्री चयन हुनुभएको छ । परिवारका अध्यक्ष सुरेश रानभाटको अध्यक्षतामा भएको अधिवेशनको निर्वाचन मण्डलमा बद्रिविनोद प्रतीक, दीपेन्द्र श्रेष्ठ, र सरस्वती प्रतीक्षा रहनुभएको थियो । २०३४ सालमा स्थापित पोखराको एक पुरानो वाङ्मयिक संस्था पोखरेली युवा सांस्कृतिक परिवारले ‘कला, साहित्य र सङ्गीतको उत्थान ः हाम्रो प्रण’ भन्ने नारासहित विभिन्न कार्यव्रmमहरु सञ्चालन गर्दै आएको छ । [ स्रोत : रुपिन्द्र प्रभावी