पाेखरा, १० जेठ । मुक्तककार उषा शेरचनकाे ‘त्रासदीका हिमनदी’ मुक्तक संग्रहकाे आज पाेखरामा विमाेचन गरिएकाे छ । पाेखरेली युवा सांस्कृतिक परिवारले आयाेजना गरेकाे साे समाराेहमा उपस्थित भएका सबैले हात हातमा पुस्तक लिएर एकैसाथ विमाेचन गरिएकाे थियाे । कार्यक्रममा सहभागी सबैलाई प्रमुख अतिथि बनाईएकाे थियाे भने उपस्थित सबैले एकसाथ पुस्तककाे विमाेचन गरेका हुन् । पुस्तककाे समीक्षा गर्दै मुक्तकमै विद्यावारिधी गरेका साहित्यकार समीक्षा डा मुरारि पराजुलीले उषा शेरचन एक शसक्त हस्ताक्षर भएकाे बताए । पाेखरालाई मुक्तककाे शहर भनिदै आएकाेमा पराजुलीले भने, पाेखरा यतिमा नभएर मुक्तककाे मक्कामदिना र जेरुसेलम हाे । मैले पनि पाेखराबाट धेरै सिक्ने अवसर पाएँ । अध्ययन र शाेध खाेजका लागि मैले पनि मन पराए ठाउँ हाे । नेपाली साहित्यकारहरुमा पहिलाे मुक्तक प्रकाश गर्ने नारि श्रष्टा उषा शेरचन रहेकाेमा खुसी । गर्वकाे कुरा भएकाे बताए । नवाैं शताब्दीमा अलंकार प्रकरणमा मुक्तकका बारे लेखिएकाे उनले बताए । मुक्तक सुन्ने बित्तिकै जिरिङ्ग हुने हुनुपर्छ । एक श्लाेककाे कविता हाे मुक्तक । एउटा प्याराग्राफ । अहिले रुवाई शैलीका मुक्तक प्रचलनमा छन् । तर यति मात्रै हाेईन । वेदकालिन समयदेखि श्रुति परम्पराबाटै मुक्तककाे विकास भएकाे हाे उनले भने । मुक्तककार शेरचनका मुक्तकमा राजनीतिबाट प्रताडित भावहरु, सत्ता, व्यवस्था परिवर्तन भईरहे पनि जनताकाे अवस्था परिवर्तन नभएका कुरा समेटिएकाे बताए । कप्रणयकाे शिष्टता भेटिन्छ । सारमा जीवन संघर्ष भएकाेले आशाकाे संचार गरेका बताए । शेरचनका मुक्तकले जिवनवादी प्रेरणा दिएका उल्लेख गरे। निवन्धकार कुमारी लामाले रचनामा विवधता रहकाे बतनईन्। उहाँ उदार व्यक्तित्व हाे र अहिले ७० वर्षको उमेरमा पनि निके सक्रिय हुनुहुन्छ । काेशी प्रदेशकी सांसद तथा लेखक मीना श्रेष्ठले आमा पुस्ताकाे दिदी र हामी छाेरी पुस्ताहरुकाे संगत बयान गर्न नसिकने खालकाे भएकाे बताईन् । लेखक, साहित्यकार सरस्वती प्रतीक्षाले कार्यक्रम सहभागिता, समतामूलक रहेकाे र पाेयुसापकाे ४८ वर्षकाे इतिहासमा शेरचनकाे दाेश्राे मुक्तक संग्रह पाउनु हाम्रा लागि अहाेभाग्य भएकाे बताईन् । बरिस्ठ गायिका हरिदेवी काेईरालाले ३४, ३५ सालमा विवाह गरेर आउदा शेरचनसंग भेट भएकाे र त्यसपछि साहित्यिक संगतले निरन्तरता पाईरहेकाे बताईन् । साे अवसरमा उनले उषाका नाममा माईती देश आईन चेली उषा मुस्कुराउदै….बाेलकाे गीत गाईन् । कवि तीर्थ श्रेष्ठले पाेखराले २०३५ मा टिकटमा मुक्तक सुरु गरेकाे सुनाए । त्याे समयमा प्रमुख अतिथि हरिभक्त कटुवाल थिए । हरिभक्तकाे प्रभाव र शैलीलाई हामीले पछ्याएका हाैं उनले भने । थियाे । रुवाईयात शैलीका लेख्न सक्याैं । साहित्यकार सरुभक्तले गाउँ गाउँमा सरकार भए पनि केन्द्रीकृत मानसिकता हटेकाे बेलामा काठमाडौं बाट पाेखरामा आएर पुस्तककाे विमाेचन गर्नु ठूलाे उपलव्धि भएकाे बताए । ३० काे दशकमा टिकटमा मुक्तक सुरु गयाैं । तर निन्तरता दिएका छाैं त ? मुक्तक मञ्च नै गठन भएकाे छ । तयसलाई कसरी निरन्तरता दिने ? प्रश्न खडा भएकाे बताए । पुस्तकका लेखक उषा शेरचनले पाेखराबाट लेखन सुरु गरेकाे र अहिले दाेश्राे कृतिकाे विमाेचन माईती देशमा गर्न आएकने बतनईन् । उनले भनिन् अब मैले मुक्तकबाट बिट मारें। कार्यक्रम पाेयुसापका कार्यवाहक अध्यक्ष लक्ष्मण थापाकाे अध्यक्षतामा भएकाे थियाे भने संचालन सचिव एमडि काफ्लेले गरेका थिए ।
