समता सांगीतिक कार्यक्रमको १०४औं श्रृङ्खला सम्पन्न

समता सांगीतिक कार्यक्रमको १०४औं श्रृङ्खला सम्पन्न समाचार  पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा १०४औं समता सांगीतिक कार्यक्रम पोखराको विन्दवासिनीमा रहेको संगीत प्रशिक्षण केन्द्रमा शनिबार सम्पन्न भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारकी अध्यक्ष रिता अधिकारी ” ऋतु” को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बिस भन्दा बढी सांगीतिक प्रस्तुती रहेको थियो । जसका कारण कार्यक्रम साहित्य, कला, संस्कृतिको संगम बनेको थियो । हर्षिका थापाको समधुर वाचनबाट सुरु भएको कार्यक्रम मधुर गीत, भावपूर्ण स्वर र मनमोहक संगीतसँगै वातावरण एकदमै रंगीन बनेको थियो । गायन प्रस्तुतिहरूमा प्रसङ्ग ढुङ्गाना, प्रशंसा ढुङ्गाना, कुशल गोतामे, प्रतीक सापकोटा, पूर्णिमा रसाइली, प्रिषा भण्डारी, पुष्प पगाली, प्रेमराज पौडेल, शारदा गुरुङ, राजु परियार, उत्प्रेरणा जोजिजु, यामबहादुर नेपाली, प्रकृति राई, समिर गायक, आर्जव पौडेल, मिलन गिरि, अभिषेक भुसाल, जय चापागाईं, एमडी काफ्ले राजन भुसाल र केशु शर्माले आफ्नो स्वरले दर्शकलाई मन्त्रमुग्ध तुल्याएका थिए । संगीतमा हार्मोनियमको मिठासमा रोम तामाङ, तबलाको तालमा मिलन गिरी, मादलको धूनमा समिर गायक, गितारको स्वरमा प्रतीक सापकोटा, बाँसुरीको शीतल ध्वनीमा आर्जव पौडेल तथा साउन्ड सिस्टमको प्राविधिक समन्वयमा जय चापागाईं र अभिषेक भुसालको विशेष योगदान रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि कवि, गीतकार तथा साहित्यकार एवं जिल्ला समन्वय अधिकारी नवराज बराल “निशान्त” ले आफ्नो भनाई राखेका थिए भने कार्यक्रमको सञ्चालन पोखरेली युवा संस्कृतिक परिवारका सचिव एमडी काफ्लेले गरेका थिए । आयोजकका अनुसार समता सांगीतिक कार्यक्रमले पोखराको मौलिक कला, संस्कृति र साहित्यलाई देशभर मात्र नभई अन्तर्राष्ट्रिय स्तरसम्म उजागर गर्ने उद्देश्य बोकेको छ। यस संस्थाले नियमित रुपमा प्रत्येक महिना पहिलो शनिबार समता काव्य सन्ध्या,प्रत्येक दुई महिनाको दोश्रो शनिबार समता सांगीतिक कार्यक्रम र प्रत्येक तीन महिनाको तेस्रो शनिबार समता कला कार्यशाला गर्ने गर्दछ ।