पोखरामा नेपाल–भारत संस्कृति संवाद: धार्मिक पर्यटन र सांस्कृतिक सम्बन्ध प्रवर्धनमा जोड

पोखरा, पर्यटकीय सुन्दर सहर पोखरामा नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले नेपाल–भारत संस्कृति संवाद कार्यक्रम सम्पन्न भएको छ । स्थानीय आयोजक पोखरेली युवा साँस्कृतिक परिवार रहेको यस कार्यक्रममा दुवै देशका साहित्यकार, लेखक र संस्कृतिविद्हरूको बाक्लो उपस्थिति थियो । कार्यक्रमका विशेष अतिथि उत्तर प्रदेश सरकारका पूर्व शिक्षामन्त्री तथा अन्तर्राष्ट्रिय हिन्दी साहित्य भारतीका अध्यक्ष डा.रवीन्द्र शुक्लले नेपाल र भारतबीचको धार्मिक पर्यटनलाई विशेष जोड दिए । उनले नेपालीहरूलाई भारतका बद्रीनाथ, केदारनाथ, विश्वनाथ जस्ता पवित्र धामहरूको भ्रमण गर्न आह्वान गर्दै भारतीयहरूलाई पनि नेपालका पशुपतिनाथ र मुक्तिनाथ दर्शनका लागि आउनुपर्नेमा जोड दिए । यसले दुई देशबीचको प्राचीन धार्मिक सम्बन्धलाई थप सुदृढ बनाउने उनको भनाइ थियो । ग्लोबल पिस फाउन्डेसन नेपाल दक्षिढा एसियाका प्रतिनिधि राम रोहन पन्त, एच.डी.रुची, प्राडा रमा शर्मा, प्रा।विनोद मिश्रा, लक्ष्मीनारायण भाला, प्राढा कैलाशनारायढण तिवारी, के.राज शेखर, ओमप्रकाश द्विवेदी, डा. रजनी द्विवेदी, प्राढा दयानन्द तिवारी, डा.शिवशंकर सोनी, डा।प्रभाँसु ओझा, डा.भारती मिश्रा, डा. आदेश गंगवार, डा. पुष्पा राजगोपाल, मनोरमा बोहरे, एड. अर्चना चतुर्वेदी, डा. आशारानी जैन, डा.अशोककुमार शर्मा प्रयासी, डा. सुमित शर्मा, सन्तोष शर्मा, सरला दुवे, रमेश कुमार आर्य लगायतका २ दर्जनभन्दा बढी कवि, लेखक, साहित्यकार, संस्कृति कर्मीको कार्यक्रममा विशेष उपस्थिति रहेको कार्यक्रममा शुक्रराज शर्मा, विश्व सिग्देल, हरिदेवी कोइराला लगायतका लगायतका वक्ताहरूले नेपाल–भारत सम्बन्धका विविध पक्षमाथि प्रकाश पारेका थिए । वक्ताहरूले हिन्दी साहित्य भारतीको यस पहलको प्रशंसा गर्दै नेपाल र भारतबीच प्रागैतिहासिक कालदेखि रहँदै आएको बहुआयामिक सम्बन्धको गौरवपूर्ण पृष्ठभूमिलाई स्मरण गराएका थिए । नागरिक स्तरमा समेत यी दुई देशबीचको हार्दिकतालाई थप उचाइ दिने प्रयास स्वरूप आयोजित यस संवादले धार्मिक एवं सांस्कृतिक पर्यटन प्रवर्धन र सौहार्दपूर्ण सम्बन्ध विस्तारमा थप योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो । पोखरेली युवा साँस्कृतिक परिवारका उपाध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव एमडी काफ्लेले भारतीय साहित्यकारहरूलाई स्वागत मन्तव्य राखेका थिए । नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष एवं सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए । यस कार्यक्रमले पोखराको पर्यटकीय गरिमालाई थप उचाइमा पु¥याउनुका साथै नेपाल र भारतबीचको सांस्कृतिक सेतुलाई अझ बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको कार्यक्रम संयोजक तथा पोयुसाँपका पूर्व अध्यक्ष मोती भुजेलले जानकारी दिए ।