ललितकला पुरस्कार अर्पण समारोहको पूर्वसन्ध्यामा पोखरेली युवा साँस्कृतिक परिवारद्वारा वरिष्ठ कलाकार प्रा.राधेश्याम मुल्मीको “एकल चित्रकला प्रदर्शनी कार्यक्रम”परिवारका कला संयोजक हेमकान्ति गुरूङको आर्ट ग्यालरीमा आज(२०८१माघ ४)सुसम्पन्न भयो।प्रदर्शनीमा राखिएका चित्रहरू बेजोड कलाका उत्कृष्ट नमूना छन्।चित्रमा प्रकृति,नेपाली माटो,बाटो,परिवार,जनजीवन र परिवेश अत्यन्तै आकर्षक तरीकाले बोलेका छन्।एउटै चित्रभित्र पनि थुप्रै कुराहरु अटाएका उहाँका चित्रकलाहरू आफैँमा अlद्धितीय छन्।यो संसार नै रङ्गमञ्च हो।कलाविना जीवनको कुनै पल सफल हुन सक्दैन भन्ने धारणा राख्ने राधेश्याम मुल्मी ७६ वर्षको उमेरमा शालिन,भद्र र साँच्चिकै बेजोड कलाकारिता प्रस्तुत गर्नुहुने वरिष्ठ कलाकार हुनुहुन्छ। कला प्रदर्शनी माघ ६ गतेसम्म चल्ने छ।
