कला विभाग पोखरेली युवा सांस्कृतिक परिवारका लब्ध प्रतिष्ठित एवम् नवोदित कलाकारहरूका गुणात्मक क्रियाशीलताको परिणामस्वरूप पोखरालाई ुक्अजयय िया ध्बतभच ऋययिगचु भन्ने गौरव प्राप्त भएको छ कलाकारहरूको प्रतिभा र लगनशीलताले गर्दा पोयुसांपको कला विभागअन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन भएका छन् – तत्स्थानीय दृश्य चित्र रचना कार्यक्रम (२०३७) सामूहिक चित्रकला प्रदर्शनीको आयोजना (२०३८) एक व्यक्ति चित्रकला प्रदर्शनीको आयोजना बालचित्रकला प्रतियोगिता गाईजात्राको उपलक्ष्यमा सशुल्क व्यङ्ग्य चित्र प्रदर्शन कला गोष्ठीहरूको आयोजना चित्रकला कार्यशालाको सञ्चालन र व्यवस्थापन सामूहिक कलाकार जयन्ती राष्ट्रिय समसामयिक चित्रकला कार्यशाला (२०५८) समता कला कार्यशाला (त्रैमासिक) हानानोओसिवाना (सुकेका झारपात, पूmलबाट चित्रकृति तयार पार्ने जापानी कला) को प्रथम एकल प्रदर्शनी (कलाकार मिलन शेरचनद्वारा निर्मित कलाकृति प्रदर्शनी (२०५८–४–१२ देखि १४ सम्म) पोखरेली युवा सांस्कृतिक परिवारद्वारा कला विभागअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरिदै आएको छ । परिवारले विभिन्न समयमा सम्पन्न गर्दै आएका यस्ता कार्यक्रमले कला क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुगेको छ । यस्ता कार्यक्रमका माध्यमबाट थुप्रै कलाकारहरूको जन्म भएको छ । परिवारसँग आबद्ध रहेका दुर्गा बराल, क्षेत्रलाल कायस्थ, रमेश श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, बुद्धि गुरुङजस्ता कलाकारहरू राष्ट्रिय स्तरमै ख्याति प्राप्त कलाकारका रूपमा स्थापित भएका छन् । विश्व शाक्य, यादवचन्द्र भुर्तेल, आलोक गुरुङ, गोपाल श्रेष्ठ, किरण रञ्जित, राजदुर जोशी, पदम घले, सञ्जय गुरुङ, सप्त श्रेष्ठजस्ता व्यक्तिहरू यस परिवारसँग आबद्ध रहे । नवोदित स्रष्टाहरूले पनि यस्ता कार्यक्रमका माध्यमबाट परिष्कृत हुँदै अगाडि बढ्ने अवसर पाएका छन् ।
