हार्दिक  निमन्त्रणा उषा शेरचनको  मुक्तक सङ्ग्रह त्रासदीका हिमनदी'  विमोचन कार्यक्रम

पोखरेली युवा सांस्कृतिक परिवारको पहिलो महिला उपाध्यक्ष साहित्यकार उषा शेरचनसित परिवार पुन: दशकौपछि जोडिन पाउँदा हामी अत्यन्त खुसी छौं ।काठमाडौबाहिर पहिलोपटक किताब विमोचन गर्न पोखरा आउँदै हुनुहुन्छ उहाँ ।

मुक्तकको शहर पोखरा र पोखराको टिकटमा मुक्तक कार्यक्रमको जगमा उभिनुभएकी स्रस्टाको मुक्तक सङ्ग्रह 'त्रासदीका हिमनदी' पोखरामा विमोचन हुँदैछ ।

अबको ठिक १० दिनपछि अर्थात जेठ १० गतेको लागि समय छुट्याइराख्नु होला है !

सबैलाई हार्दिक निम्तो छ !